birat ribon

मोरङको बूढीगंगामा बस दुर्घटना, एकको मृत्यु, चारजना घाइते

Neuro
मोरङको बूढीगंगामा बस दुर्घटना, एकको मृत्यु, चारजना घाइते

विराटनगर,१५ साउन । बिहीबारराति कोशी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा यात्रु बहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

Padelux insider
cura insider

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमोन यातायातको बस ८ः३० बजेतिर आरती स्ट्रिप्स फ्याक्ट्री अगाडि दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताए ।

लेन छुट्याउने सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएर बस दुर्घटनामा भएको हुनसक्ने प्रहरीले बताएको छ ।

दुर्घटनामा परेर पाँच जना घाइते भएका मध्ये अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

मृतकको परिचय खुल्ने कुनै पनि कागजपत्र फेला नपरेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि टंकीसिनवारीस्थित विराट टिचिङ अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेको प्रहरी निरिक्षक पोदारले बताए ।

परिचय नखुलेकी अन्दाजी ४५÷५० वर्षीया महिलाको पनि विराटमै उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका अन्य तीन जनाको भने परिचय खुलेको छ । घाइते भएका २५ वर्षीय रामकुमार राई, २८ वर्षीय कल्पना राई र ३५ वर्षीय मुना राईको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तीनै जना भोजपुरको रामप्रसाद राई गाउँपालिकाका बासिन्दा रहेको खुलेको छ । घाइते मध्ये रामकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

jackson ribon