काठमाडौं प्रवेशमा कडाई, रातको समयमा प्रवेश रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, १५ साउन । कोरोना संक्रमित बढेपछि काठमाडौं प्रवेशमा कडाई गरिएको छ ।

गृह मन्त्रालयले कोभिड–१९ को जोखिम बढेको भन्दै रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाएको हो ।

जोखिम बढेकाले दिउँसोको समयमा समेत आजदेखि उपत्यका प्रवेशमा कडाइ गरेको छ ।

मन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारी गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्ण रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन दिएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मुलुकका विभिन्न जिल्लाबाट उपत्यका आउने यात्रुको प्रवेश नाकामा परीक्षण गर्दा कोभिड–१९ को सङ्क्रमण देखिएकाले कडाइ गर्न निर्देशन दिएको उल्लेख छ ।

काठमाडौं उपत्यकाबाहेकका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गर्दै मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमनका लागि पास जारी नगर्नसमेत भनेको छ ।

आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ ।

Loading...