birat ribon

पत्रकार कमल पौडेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार

Neuro
पत्रकार कमल पौडेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार

विराटनगर, १५ साउन । मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेललाई यो वर्षको ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७’ प्रदान गरिने भएको छ ।

Padelux insider
cura insider

नेपाल पत्रकार महासंघ मोरङ शाखाले यस वर्ष ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७ पौडेललाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी १५ हजार रुपैयाँ छ ।

बिहीबार बसेको पुरस्कार छनौट समितिले पौडेललाई पुरस्कार दिने निर्णय गरेको नेपाल पत्रकार महासंघ मोरङका सचिव अर्जुनकुमार आचार्यले जानकारी दिए ।

पीताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानको सहकार्यमा स्थापित सो पुरस्कार यस वर्षदेखि नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गर्न लागेको हो । पुरस्कारसम्बन्धमा गत वर्ष प्रतिष्ठान र महासंघबीच सम्झौता भई तीन लाखको अक्षयकोष राखिएको छ ।

कोषबाट प्राप्त ब्याजबाट पत्रकार कोशराज रेग्मी स्मृति पुरस्कार र खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार गरी दुई पुरस्कार दिने गरिएको छ ।

पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस वर्षको खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार पत्रकार पौडेल प्रदान गर्ने निर्णय गरेको हो ।

पत्रकार पौडेललाई ३ भदौमा पुरस्कार प्रदान गरिने छ ।

jackson ribon