विराट नर्सिङहोमका कर्मचारीको सम्पर्कमा रहेका पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीमा कोरोना

विराटनगर १५ साउन । पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयको कर्मचारीलाई पनि कोरोना संक्रमण भएको छ ।

कार्यलयमा कार्यरत ४५ वर्षीय पुरुष संक्रमण भएको हो । कर्मचारीमा संक्रमण पुष्टि भए पछि विराटनगर–१ को डिन कार्यालय सिल गरिएको कार्यालयले जनाएको छ ।

संक्रमित व्यक्ति विराट अस्पतालका कर्मचरीको संम्पर्कमा रहेका थिए । विश्वविद्यालयका संक्रमित कर्मचारीलाई गोठगाउँस्थित मेडिलक कलेजमा भर्ना गरिएको छ ।

विश्वविद्यालय स्राेतका अनुसार डिन कार्यालयमा कार्यरत थप १८ कर्मचारीको स्वाब बिहिबार परिक्षणका लागि संकलन छ ।

विराटनगर अस्पतालको संक्रमित कर्मचारीको संम्पर्कमा पुगेको जाकनारी गराएका उनी हाेम क्वारेन्टाइनमा थिए ।

Loading...