विराटनगर, १५ साउन । कोरोना भाइरसको खोप यहीँ वर्षको अन्त्यसम्ममा उपलब्ध हुने आशा राखिएको छ ।
कोरोना भाइरसविरुद्धको सुरक्षित खोप विकास गरिए पनि मास्क अझै पनि मानिसहरूको दैनिक तालिकाको एक हिस्सा हुनसक्ने देखिन्छ ।

तीब्र रूपमा खोप बनिरहेको हुँदा कोरोना भाइरसविरुद्ध प्रतिरक्षा प्रदान गर्न पूर्ण रूपमा प्रभावकारी हुने भ्याक्सिन नहुन पनि सक्छ । खोपले कोभिड बिरामीलाई फेरि संक्रमणबाट बचाउन तथा लक्षणहरू कम गर्न सक्छ ।
तर, कोरोना भाइरसविरुद्ध खोपले पूर्ण सुरक्षा प्रदान गर्न सक्दैन वा एकैपटक मानिसहरूलाई संक्रमित हुनबाट रोक्न सक्दैन ।
अहिलेसम्मका खोप उम्मेद्वारहरूले कमसेकम ६० देखि ७० प्रतिशत प्रभावकारिता कोभिड-१९ संक्रमण रोक्न लक्षित छन् ।
साइन्स इनसाइडरमा प्रकाशित एक रिपोर्टका अनुसार बेलर कलेज अफ मेडिसिनका भ्याक्सिन विकासकर्ता मारिया एलेना बोट्जाजीले भ्याक्सिन लिनेबित्तिकै मास्क लगाउन छोड्न नहुने बताउँछिन् ।
खोपले जादू गरेर कोरोनालाई भगाउन सक्दैन । ६० प्रतिशत प्रभावकारी देखिएको खोप, खोप नभएको जस्तै नै हुन्छ । कोरोनाविरुद्ध लड्नका लागि सुधारित र थप भ्याक्सिनहरूको आवश्यक पर्छ र यसको लागि केही समय लाग्न सक्छ । कोरोना भाइरसविरुद्धको खोप लगाउनेबित्तिकै महामारी सुरु हुनुअघि पहिले जस्तो तरिकामा बाँच्न नसकिने कुरालाई बुझ्न जरुरी देखिन्छ ।
खोपको विकास भएपनि खोपले राम्रोसँग काम गर्न र संक्रमणको दर घटाउनका लागि मास्क लगाउने, सामाजिक दूरीका उपायहरू अभ्यास गर्न तथा श्वासप्रश्वास स्वच्छता अभ्यासहरूको अनुशरण गर्न आवश्यक हुन्छ ।