बार्सिलोनाले यसै समरमा ब्रेथवेटलाई बेच्ने

एजेन्सी, १५ साउन । बार्सिलोनाले आफ्ना फरवार्ड मार्टिन ब्रेथवेटलाई बेच्न चाहेको बताइएको छ ।

यसै सिजन क्याप नोउ आएका डेनिस स्टार ब्रेथवेटलाई बेच्न बार्सिलोना इच्छुक रहेको स्पेनिस मिडिया मुन्डो डिपोर्टिभको दाबी छ ।

२९ वर्षीय ब्रेथवेट यसै सिजन लेगानेसबाट प्रतिद्वन्द्वी क्लब बार्सिलोना आएका हुन् ।

२० फेब्रुअरीमा लेगानेस छोडेर क्याप नोउमा अनुबन्ध भएका उनलाई यसै सिजन बार्सिलोनाले बेच्न चाहेको खबरमा उल्लेख गरिएको छ ।

ब्रेथवेटले यस सिजन बार्सिलोनाको जर्सीमा ११ खेल खेल्दा एक गोल गरेका छन् । यो सिजन ला लिगामा उनले ३५ खेल खेलेका छन्, जसमा उनले ७ गोल र एक असिस्ट गरेका छन् ।

ब्रेथवेट र बार्सिलोनाको सम्झौता २०२४ सम्मको रहेको छ ।

बार्सिलोनाले दोस्रो स्थानमा रहँदै २०१९-२० काे सिजन अन्त्य गरेकाे थियो ।

Loading...