birat ribon

विरोधी कार्यकर्तालाई तर्साउन आफूलाई कारबाही : जोशी

Neuro
विरोधी कार्यकर्तालाई तर्साउन आफूलाई कारबाही : जोशी

काठमाडौ, १५ साउन । नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले विरोधी कार्यकर्तालाई तर्साउन आफूलाई कारबाही गरिएको टिप्पणी गरेका छन् ।

Padelux insider
cura insider

आफ्ना मान्छेलाई पार्टीमा टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुँदैन भन्ने आवाज उठाउने र अन्यायको विरुद्धमा बोल्नेहरुलाई तर्साउन आफूमाथि कारबाही भएको उनले बताए । बिहीबार सम्वाददातासँग कुरा गर्दै नेता जोशीले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको कदमका विरुद्धमा बोल्नेलाई तर्साउन आफूलाई कारबाही गरिएको बताए । उनले भने, ‘मैले त अन्यायको विरुद्ध धेरै अगाडिदेखि बोलिराखेको छु । मलाई अ्याट्याक गरिसकेपछि अरुलाई तर्साउन सजिलो भयो ।’

नेता जोशीले आफूमाथि कारबाही गर्ने निर्णय र पार्टीमा केही मानिसहरुलाई प्रवेश गराउने कार्यले पार्टीभित्र इमान्दार र निष्ठावान कार्यकर्ताको उपस्थिति नहुने निश्चित भएको बताए । उनले पार्टीका नेताहरुको स्वर्गारोहणको बेलामा मात्रै उपस्थिति जनाउन पाउने व्यक्तिलाई पार्टीभित्र प्रवेश गराइएकाले लामो समयदेखि योगदान दिएका इमान्दार कार्यकर्ताको आत्मसम्मानको अन्त्य भएको बताए । यो विषयमा आवाज उठाउँदा पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बिझेकाले आफूमाथि कारबाही गरिएको बताए ।

पार्टीलाई केही मान्छेहरुको नियन्त्रण र गठबन्धनको गुटको रुपमा विकास गरिएको नेता जोशीले बताए । उनले भने, ‘पार्टीलाई केही मान्छेहरुको एउटा आफ्नो नियन्त्रणको गठबन्धनको एउटा गुटको संगठन बनाउने जो बाटोमा उनीहरु गएका छन्, त्यसले अहिले सफल भएको देखिएला तर यसले पार्टीलाई राम्रो गर्दैन ।’

कांग्रेसमा न्याय हराएको टिप्पणी समेत नेता जोशीले गर्नुभयो । उनले न्यायविनाको निर्णयको विरुद्ध, प्रवृत्तिको विरुद्ध र न्यायविनाको निर्णय गर्ने पदाधिकारीहरुको विरुद्ध कार्यकर्ताहरु एकस्वरले उभिन नसक्दासम्म कांग्रेस जोगिन नसक्ने बताए ।

पार्टीमा योगदान दिएको हिसाबले केन्द्रीय समितिमा आफूभन्दा सिनियर मान्छे कोही पनि नभएको दावी नेता जोशीले गरे । उनले कांग्रेसमा योगदान पु¥याएको हिसाबले सभापति देउवा र वरिष्ठ नेता पौडेलभन्दा आफू माथि रहेकोसमेत बताए । उनले आफू पार्टीमा कुनै पनि तरिकाले चाकडी गर्न नजानेसमेत स्पष्ट पारे । पार्टी नेतृत्वसँग कुण्ठाको विकास भएकाले इमान्दार कार्यकर्तामाथि कारबाही भएको बताए ।

jackson ribon