birat ribon

पर्साका दुई जना र मोरङका एक जनाको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२ पुग्यो

Neuro
पर्साका दुई जना र मोरङका एक जनाको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२ पुग्यो

विराटनगर, १५ साउन । पछिल्लो २४ घण्टायता नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Padelux insider
cura insider

मंगबारको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले माेरङका एक जना, पर्साका ७० वर्षीय पुरुष र पर्साकै ६८ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ५२ पुगेको छ ।

संक्रमितकाे संख्या १९ हजार ५४७ पुगेको छ । जसमध्ये संक्रमितको संख्या ५ हजार २२७ रहेकाे छ ।

बिहीबार थप २७४ जना थपिएका हुन् ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

jackson ribon