birat ribon

कोरोनापछि प्लास्टिक प्रदूषणको महामारी हुनसक्ने

Neuro
कोरोनापछि प्लास्टिक प्रदूषणको महामारी हुनसक्ने

एजेन्सी, १५ साउन । विश्वभर महामारी बनेर फैलिएको कोरोना भाइरसको वृद्धिलाई रोक्न लगाइएको लकडाउनले वातावरणमा धेरै सुधार ल्याएको छ ।

Padelux insider
cura insider

कार्बन उत्सर्जनको दरमा कमी वायुको गुणस्तरको स्तरमा सुधार आयो र नदीहरू समेत सफा भइरहेको खबरहरू सार्वजनिक भएका थिए ।

तर, भाइरसलाई नियन्त्रण गर्न गरिएका सबै उपायहरूले वातावरणमा सकारात्मक प्रभाव पार्न सकेका छैनन् ।

कोरोना भाइरसको प्रकोपको कारण प्लास्टिकको प्रयोगले वातावरणलाई थप प्रदूषित बनाएको छ ।

हालको परिदृश्यमा प्लास्टिकले मानिसहरूलाई घातक भाइरसबाट विशेषगरी फ्रन्टलाइन कामदारहरूलाई जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

भाइरसबाट जोगाउन सामान्य आवश्यक वस्तुहरू जस्तै प्लास्टिकको फेस मास्क, पञ्जा र ह्यान्ड सेनिटाइजरका बोतलहरूले प्लास्टिकका फोहरहरू थप बढाइरहेका छन् ।

संक्रमण रोकथामको नाममा प्रयोग हुने यी सबै प्लास्टिकका सामग्रीहरू नियमित फोहोरको थुप्रोमा जान्छन् जसले संक्रमणको जोखिम मात्र नभएर प्लास्टिक प्रदूषण पनि बढाउँदैछ ।

वर्तमानमा विभिन्न उद्देश्यका लागि प्रयोग गरिरहेको प्लास्टिकले भविष्यमा ठूलो स्वास्थ्य जोखिम बढाउने देखिन्छ ।

प्लास्टिकको फोहोरको उचित डिस्पोजेबल प्रणालीको अभावले हृदय, पाचन, श्वासप्रणाली, न्यूरोलजिकल, इन्दोक्राइन र प्रतिरक्षा प्रणालीलाई असर गरी गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउँछ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को अनुसार विषाक्त र नकुहिने वस्तुहरूलाई सजिलैसँग अन्य वातावरण-मैत्री, रिसाइक्लेबल सामग्रीहरूद्वारा प्रतिस्थापन गरेर पृथ्वीलाई प्रदूषणमुक्त राखी भविष्यमा प्लास्टिकको महामारीको जोखिमलाई कम गर्न सकिन्छ ।

jackson ribon