birat ribon

कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १४ हजार २४८

Neuro
कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १४ हजार २४८

विराटनगर, १५ साउन । पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त हुँदै घर फर्किएका छन् ।

Padelux insider
cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार आज २२७ थप जना कोरोनामुक्त भएका हुन् ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ । संक्रमितमध्ये ७२.९७ प्रतिशत निकाे भएका छन् ।

संक्रमितकाे संख्या १९ हजार ५४७ पुगेको छ । जसमध्ये संक्रमितको संख्या ५ हजार २२७ रहेकाे छ ।

बिहीबार थप २७४ जना थपिएका हुन् ।

यसैगरी बिहीबार नै काेराेनाबाट थप ३ जनाकाे मृत्यु भएकाे छ । याेसँगे काेराेना संक्रमणबाट ज्यान गुमाउनकाे संख्या ५२ पुगेकाे छ ।

jackson ribon