विराटनगर, १५ साउन । बिहीबार थप २७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज २७४ थप जनामा कोरोना पोजिटिभ देखिएको जनाएको हो ।
विभिन्न २७ प्रयोगशालामा ६ हजार ३०४ जनामा गरिएको परीक्षणमा थप २७४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १९ हजार ५४७ पुगेको छ । जसमध्ये संक्रमितको संख्या ५ हजार २२७ रहेकाे छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
यसैगरी बिहीबार नै काेराेनाबाट थप ३ जनाकाे मृत्यु भएकाे छ । याेसँगे काेराेना संक्रमणबाट ज्यान गुमाउनकाे संख्या ५२ पुगेकाे छ ।