मोरङ कारागारमा कैदीको मृत्यु

विराटनगर, १५ साउन । जिल्ला कारागार मोरङमा डेढ वर्षदेखि कैद भुक्तान गरिरहेका एक कैदीको बिहीबार मृत्यु भएको छ ।

कैद सजाय भुक्तान गरिरहेका मोरङको केराबारी गाउँपालिका–४ का २८ वर्षीय रमेश मगरको मृत्यु भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।

मगर मुटुका बिरामी थिए । मुटुमा थप समस्या देखिएपछि उनलाई बिहान उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको केही बेरमै चिकित्सकले मृत घोषित गरेको पोखरेलले बताए ।

जबरजस्ती करणी र बहुविवाह मुद्दामा अदालतले मगरलाई १५ पुस २०७५ मा १० वर्ष कैद सजायको फैसला गरेको थियो । मृतकको शव परिवारका सदस्यलाई जिम्मा लगाउने तयारी भइरहेको कारागारले जनाएको छ ।

Loading...