समुदायस्तरमै कोरोना फैलिएपछि बाँकेमा निषेधाज्ञा

नेपालगञ्ज, १५ साउन । कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि बाँकेमा निषेधाज्ञा जारी गरिने भएको छ ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बिहीबार बसेको आपतकालीन बैठकले आगामी आइतबारबाट तीन दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार समुदायमै कोरोना फैलिएपछि बाँकेमा आइतबारदेखि तीन दिन पूर्णरूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो ।

राजश्व कार्यालय नेपालगञ्जका ११ जना कर्मचारीसहित आज २७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सिसीएमसीको आकस्मिक बैठक बसेको थियो ।

Loading...