birat ribon

आइसोलेसन बेड अभावमा कोरोना संक्रमित घरमै, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री काठमाडौंमा

Neuro
आइसोलेसन बेड अभावमा कोरोना संक्रमित घरमै, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री काठमाडौंमा

विराटनगर, १५ साउन । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा संक्रमितलाई राख्ने आइसोलेसन बेड अभाव छ । आइसोलेसन बेड अभाव भएका कारण संक्रमितहरु घरमै छन् । तर आइसोलेसन निर्माण गर्ने जिम्मेवारी पाएको प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु भने काठमाडौं पुगेका छन् ।

Padelux insider
cura insider

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र आन्तरिक विवाद बढेपछि मुख्यमन्त्री, दुई मन्त्री र दुई राज्यमन्त्री काठमाडौं पुगेका हुन् । प्रदेश १ मा दुईजना मन्त्री र दुई राज्यमन्त्री छन् ।

मुख्यमन्त्री शेरधन राई नै काठमाडौं पुगेका कोरोना रोकथाममा कसरी अघि बढ्ने भन्ने अन्योलता छ । प्रदेश १ मा मुख्यमन्त्रीको नेतृत्वमा कार्यदल बनाइएको छ । कोरोना भाइरसले जेलिरहेको अवस्थामा मुख्यमन्त्री र दुई मन्त्री काठमाडौं पुगेपछि प्रदेशमा प्रभावकारीरुपमा काम अघि बढेको छैन ।

मुख्यमन्त्री शेरधन राई चार दिनअघि काठमाडौं गएका हुन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की काठमाडौं पुगेको दुई साता भयो ।

आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विजयकुमार विश्वास पनि काठमाडौंमा छन् ।

प्रदेश १ मा सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियत, समाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र भूमि व्यवस्था कृषि तथा सहकारी विकास राज्यमन्त्री रामबहादुर मगर छन् ।

मुख्य जिम्मेवारीमा रहेका मन्त्रीहरु काठमाडौं गएका कारण कोरोनाविरुद्ध तत्काल निर्णय गरेर अघि बढ्नुपर्ने केही काम प्रभावित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ ।

jackson ribon