birat ribon

‘बाहुबली’ निर्देशक राजामौलीलाई कोरोना संक्रमण

Neuro
‘बाहुबली’ निर्देशक राजामौलीलाई कोरोना संक्रमण

विराटनगर, १५ साउन । फिल्म ‘बाहुबली’ निर्देशक एसएस राजामौलीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

Padelux insider
cura insider

राजामौलीले ट्वीटरमार्फत आफूसहित आफ्नो परिवार संक्रमित भएको जानकारी दिएका हुन् ।

राजामौलीले केही दिनअघि सन्चो नभएको कारण गराएको कोरोनाको परीक्षणमा रिपोर्ट पोजेटिभ भएको बताएका छन् ।

डाक्टरको सल्लाहअनुसार सबै परिवार घरमै क्वारेन्टाइनमा बसेको राजामौलीले जनाएका छन् ।

साथै, उनले आफ्नो स्वास्थ्यको बारेमा थप जानकारी दिँदै आफू र परिवारमा कुनै पनि लक्षण नदेखेको ट्वीट गरेका छन् ।

स्वस्थ नै महशूस भएपनि सबै सावधानी र निर्देशनहरूको पालना गर्दै प्लाज्मा दान गर्नका लागि एन्टिबडीहरू विकसित हुने पर्खाइमा रहेको बताएका छन् ।

राजामौली हैदराबादमा आफ्नी पत्नी रामा राजामौली र छोरी एसएस मयुखासँग बस्दै आएका छन् ।

‘बाहुबली’ पछि निर्देशक राजामौलीले ‘आरआरआर’ नाम गरेको फिल्म निर्माण गर्दै छन् ।

jackson ribon