birat ribon

कोरोनाका कारण ज्यान गुमाएका पुरुषकी श्रीमतीलाई पनि कोरोना

Neuro
कोरोनाका कारण ज्यान गुमाएका पुरुषकी श्रीमतीलाई पनि कोरोना

विराटनगर, १५ साउन । कोरोना संक्रमणका कारण बुधबार मृत्यु भएका पुरुषको श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सुनवर्षी नगरपालिका–८ का ४५ वर्षीय मृतककी श्रीमतीलाई पनि कोरोना संक्रमण भएको हो । उनकी श्रीमती ३३ वर्षकी छन् ।

Padelux insider
cura insider

कोसी अस्पताल विराटनगरको ल्याबमा गरिएको स्वाब परीक्षणपछि बिहीबार ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

कोरोनाले मृत्यु भएका पुरुषकी श्रीमतीमा पनि संक्रमण पुष्टि भएको अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । संक्रमित महिलालाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको छ ।

सिकिस्त बिरामी अवस्थाका आफ्ना श्रीमान्लाई उपचारका गराउनका लागि भनेर ती महिला विराटनगर आएकी थिइन् । बिरामी पुरुषमा कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोनाकै कारण श्रीमान्को मृत्यु भएको भोलिपल्ट श्रीमतीको पनि नतिजा पोजेटिभ आएको हो ।

jackson ribon