नेटको तार जोड्दा करेन्ट लाग्यो, उपचार गर्दागर्दै मृत्यु

उदयपुर, १५ साउन । बिजुलीको पोलमा चढी इन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लाग्दा उदयपुरमा एकजनाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–९ का २६ वर्षीय विशाल दनुवारको करेन्ट मृत्यु भएको हो ।

त्रियुगा नगरपालिका–५ स्थित पोलमा वल्र्डलिंक नेटको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते उनको उपचार क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...