birat ribon

विपदमा परी २०५ ले ज्यान गुमाए

Neuro
विपदमा परी २०५ ले ज्यान गुमाए

काठमाडौ, १५ साउन । यो वर्ष वैशाख १ गतेदेखि यता बाढीपहिरो तथा अन्य विपद्का घटनामा परी देशभरिमा २०५ जनाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ५७ जना बेपत्ता भएका छन् भने दुई सय ९३ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले पुरिएर मृत्यु भएको छ । वैशाख १ देखि हालसम्म पहिरोमा परेर एक सय ५२ जनाको ज्यान गइसकेको छ । ४४ जना बेपत्ता र एक सय २९ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, चट्याङ लागेर ४७ जनाले ज्यान गुमाएको र १६१ जना घाइते भएको बताइएको छ ।

त्यस्तै, हालसम्म बाढीबाट छजनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता छन् । बाढीका कारण तीनजना घाइते भएका छन् ।

jackson ribon