birat ribon

कोरोनाबाट निको भइसकेका ८० प्रतिशत बिरामीहरूमा मुटुको समस्या

Neuro
कोरोनाबाट निको भइसकेका ८० प्रतिशत बिरामीहरूमा मुटुको समस्या

विराटनगर, १५ साउन । कोभिड १९ बाट निको भइसकेका बिरामीहरूमा दीर्घकालीन परिणामहरू देखाउने नयाँ अनुसन्धानले देखाएको छ ।

Padelux insider
cura insider

अप्रिलदेखि जुन महिनाको बीचमा जामा (जर्नल अफ अमेरिकन मेडिकल एसोसिएशन) द्वारा गरिएको अध्ययनले गम्भीर हृदय समस्या र ८० प्रतिशत मामिलामा क्षति हुने देखाएको हो ।

जर्मनीमा ४० देखि ५० वर्षको उमेरका बीचमा संक्रमणबाट निको भइसकेर स्वस्थ रहेका १ सय बढी कोभिड बिरामीहरूमा एमआरआई, रगत परीक्षणहरू र मुटुको टिश्यु बायोप्सीलगायत हृदयमा कोभिडको प्रभाव अध्ययन गर्न विभिन्न उपकरणहरू प्रयोग गरिएको थियो ।

ती एक सय बिरामीहरूमध्ये ७८ जनामा हृदयको क्षति र सुन्निएको लक्षण देखापरेको थियो ।

निको भइसके पनि मान्छेहरूमा ठूलो प्रतिशत हृदयको समस्या तथा लक्षणहरू रेकर्ड भएको तथ्यले अझै पनि संक्रमणले महत्वपूर्ण अंगहरू सम्बन्धित के कस्तो दीर्घकालीन परिणामहरू निम्त्याउन सक्नेबारे थाहा नभएको अध्ययनकर्ताहरूको भनाइ छ ।

प्रमुख अन्वेषक क्लाइड डब्ल्यू यान्सीले संक्रमणको दर बढेसँगै कोभिड-१९ का लक्षण र साइड इफेक्टहरू पनि थप खराब हुँदै गएको बताएका छन् ।

ब्रिटेनस्थित एउटा संस्थाले गरेको अर्को अध्ययनमा समेत भाइरसमा संक्रमित बिरामीहरूमा पनि यस्तै परिणामहरू देखिएको बताइएको छ ।

jackson ribon