सुन प्रकरणमा छानविन समिति संयोजक फेरिए

काठमाडौ, १५ साउन । सुन, धातु र हतियार फालेर फरार भएको प्रकरणमा गठित छानविन समितिको संयोजक फेरिएका छन् ।

महानगरीय प्रहरीले कार्यालयले बुधबार अपराध महाशाखाका प्रमुख दीपक थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । २४ घण्टा नबित्दै महानगरीय प्रहरीले थापाको ठाउँमा महानगरीय प्रहरीका प्रवक्तासमेत रहेका एसएसपी सुशील यादवलाई संयोजक बनाएको छ ।

महानगरीय प्रहरीका एसएसपी किरण बज्राचार्यको सट्टा यादवलाई ल्याइएपछि उनी वरिष्ठताका आधारमा संयोजक भएको बताइएको छ ।

डीआईजी विश्वराज पोख्रेलका अनुसार एसएसपी किरण बज्राचार्य यसअघिको एसिडको घटनामा समेत केन्द्रित भएको र नभ्याउने भएकाले उनलाई हटाई यादवलाई समितिमा राखिएको हो ।

समितिमा जो वरिष्ठ छ, उही संयोजक हुने भएकाले यादव संयोजक बनेको डीआईजी पोख्रलले बताए । यादवको संयोजकत्वक भएको समितिमा एसएसपी दीपक थापा, एसपी सोमेन्द्रसिंह राठौर, डीएसपी राजकुमार केसी र दुर्गा दाहाल सदस्य छन् ।

Loading...