युभेन्टसको नयाँ जर्सी सार्वजनिक

एजेन्सी, १५ साउन । इटालियन च्याम्पियन क्लब युभेन्टसको नयाँ जर्सी सार्वजनिक भएको छ ।

सन् २०२०–२१ को सिजनका लागि युभेन्टसले आफ्नो नयाँ होम जर्सी सार्वजनिक गरेको हो ।

युभेन्टसले बिहीबारबाटै नयाँ हाेम किट उपलब्ध रहेकाे जनाएकाे छ । नयाँ सिजनको लागि युभेन्टसको जर्सी एडिडास कम्पनीले बनाएको हो ।

नयाँ सिजनको इटालियन शीर्ष डिभिजनको लिग सिरी ‘ए’ १ सेप्टेम्बरबाट सुरु हुनेछ ।

युभेन्टसले यस सिजनको लिगको उपाधि दुई खेल अगावै जितेको थियो । उसले लगातार नवौं पटक तथा समग्रमा ३६औं सिरी ‘ए’ उपाधि हात पारेको हो ।

Loading...