होटल–रेस्टुरेन्ट खुल्दै

विराटनगर, १५ साउन । कोरोनो संक्रमणका कारण चार महिनादेखि बन्द रहेका होटल तथा रेष्टुरेन्ट आजबाट खुल्ने भएका छन् ।

मापदण्ड पूरा गरेर निश्चित होटल व्यवसाय खोल्न दिने गरेको सरकारको निर्णयअनुसार आजबाट होटल तथा रेष्टुरेन्ट खुल्न लागेका हुन् ।

ग्राहकको मागअनुसार मात्र होटल व्यवसाय खुल्ने बताइएको छ । पूरै क्षमतामा भने होटल खुल्न नपाइने बताइएको छ ।

सुरक्षाका उपायहरु अपनाएर यसअघि नै केही रेष्टुरेन्टहरु खुलेका भए पनि पूर्णरुपमा नियम पालना भएको पाइएको छैन ।

२०२० को डिसेम्बरसम्मका लागि भनेर तारे होटलहरू भने बन्द छन् । सीमित क्षमतामा होटलहरु भने खोल्न सकिने सञ्चालकहरू बताउँछन् ।

Loading...