birat ribon

अध्यक्ष दाहालको पुस्तक ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक

Neuro
अध्यक्ष दाहालको पुस्तक ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक

काठमाडौं, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।

Padelux insider
cura insider

प्रचण्डले संविधानसभा र व्यवस्थापिका संसद्मा व्यक्त गरेका विचारहरूको सँगालोको रूपमा रहेको उक्त पुस्तकलाई बजारमा उपलब्ध गराइएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

प्रज्ञा स्मृति प्रतिष्ठानले विसं २०६५ देखि २०७५ सम्म संविधानसभा र व्यवस्थापिका –संसद्मा पूर्वप्रधानमन्त्री दाहालले सम्बोधन गरेका कुरालाई विभिन्न ४२ शीर्षकमा पुस्तकमा समेटेको छ ।

उनले पुस्तकमा भएका सामग्रीका सन्दर्भमा कोभिड–१९ सहज भएपछि अन्तर्क्रिया गरिने सापकोटाले जानकारी दिए ।

संसदीय राजनीतिलाई सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता विषयलाई संस्थागत गर्न सक्ने नेता दाहालले नयाँ संविधानको निर्माण गर्दा खेलेको भूमिका पुस्तकमा समेटिएको उनले बताए ।

पुस्तक प्रकाशनका निम्ति अहोरात्र खट्ने दलका नेता, कार्यकर्ता र सचिवालयका सम्पूर्ण सदस्यमा अध्यक्ष दाहालले धन्यवाद दिँदै पुस्तक प्रकाशनका निम्ति घच्घचाउने पत्रकार, बुद्धिजीवी र शुभेच्छुकमा कृतज्ञता पनि व्यक्त गरेका छन् ।

jackson ribon