लागूऔषधसहित एक पक्राउ

झापा, १५ साउन । इलाका प्रहरी कार्यालय अनारमनीले अवैध लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

बिर्तामोड–४ घर भई अर्जुनधारा नगरपालिका–६ बस्ने २० वर्षीय निकेश राईलाई एक ग्राम पाँच सय मिलीग्राम ब्राउन सुगर जस्तो देखिने अवैध लागूऔषधसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

Loading...