birat ribon

बलिउड फिल्मसँग कथा मिलेपछि निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’ नबन्ने

Neuro
बलिउड फिल्मसँग कथा मिलेपछि निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’ नबन्ने

विराटनगर, १५ साउन । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहने तय भएको फिल्म ‘दिमाग खराब’ अब नबन्ने भएको छ ।

Padelux insider
cura insider

फिल्मको कन्सेप्ट एक बलिउड फिल्मसँग मिल्दोजुल्दो भएपछि ‘दिमाग खराब’ नबन्ने भएको हो ।

बलिउड फिल्म ‘मोतीचुर चकनाचुर’ सँग ‘दिमाग खराब’ को कन्सेप्ट धेरै हदसम्म मिल्न गएपछि फिल्म नबन्ने फिल्मका निर्देशक सिमोस सुनुवारले जानकारी दिएका हुन् ।

फिल्ममा निश्चल विदेशबाट फर्किएको युवक र स्वस्तिमा विदेश जान मरिहत्ते गर्ने युवतीको भूमिकामा देखिने बताइएको थियो ।

‘दिमाग खराब’ नबन्ने भएपछि निर्देशक सिमोस सुनवार ‘झ्यानाकुटी-२’ को तयारीमा जुटेका छन् भने निश्चल यतिबेला आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

jackson ribon