कोरोनामुक्त हुँदै जाभी प्रशिक्षणमा फर्किए

एजेन्सी, १५ साउन । स्पेनिस लिजेन्ड तथा कतारी क्लब अल–सादका प्रशिक्षक जाभी कोरोनामुक्त भएका छन् । जाभी सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू स्वस्थ भएको जानकारी दिएका हुन् ।

बार्सिलोनाका पूर्वखेलाडी जाभीले गत शनिबार आफूमा कोरोना संक्रमण भएको जनाएका थिए ।

कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका उनी कतारी लिगअन्तर्गत अल खोरसँगको खेलमा टिमसँग थिएनन् ।

गत शनिबार नै भएको सो खेलमा अल सादले अल खोरमाथि २–१ गोलको जित दर्ता गरेको थियो ।

तर, अब भने कोरोना जित्दै जाभी प्रशिक्षणमा फर्किएका छन् ।

कोरोनामुक्त भएपछि इन्स्टाग्राममा जाभीले लेखेका छन्, ‘पछिल्ला दिनमा हेरचाहमुलक सन्देश गर्नुहुने सबैलाई धेरै धन्यवाद । म तपाईंहरूमाझ यो कुरा जानकारी गराउन चाहन्छु कि म ठीक हुँदै घर फर्किएको छु ।’

Loading...