स्वर्ण पदक विजेता मण्डेकाजीलाई सम्मान

काठमाडौं, १५ साउन । नेपालमा आयोजित १३औं दक्षिण एसियाली खेलकुद (साग) मा कराँते कातातर्फ दोहोरो स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठलाई सम्मान गरिएको छ ।

मण्डेकाजीलाई बिहीबार धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुडविल बिलदर्सका सीईओ तथा कराँतेका पूर्वराष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा नगद पाँच लाखसहित सम्मान गरिएको हो ।

राष्ट्रिय युवा संघ, नेपालका नेता रमेश आचार्यको प्रमुख आतिथ्यमा ललितपुरस्थित होटल भिबान्टामा एक अनौपचारिक कार्यक्रमको आयोजना गर्दै उनलाइ समान गरिएको हो ।

मण्डेकाजीले एकल काता र टिम कातामा स्वर्ण पदक हात पारेका थिए ।

Loading...