birat ribon

अंकिताको खुलासा : रियासँग ब्रेकअप चाहन्थे सुशान्त

Neuro
अंकिताको खुलासा : रियासँग ब्रेकअप चाहन्थे सुशान्त

विराटनगर, १५ साउन । अभिनेता सुशांत सिंह राजपूतको मृत्युको प्रकरणमा नयाँ खुलासा भएको छ ।

Padelux insider
cura insider

सुशान्तको प्रेमिका रहेकी रिया चक्रवर्तीको विषयमा सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखन्डेले नयाँ खुलासा गरेकी हुन् ।

अंकिताले आफ्नो र सुशान्तको च्याट बिहार प्रहरीसँग साझा गरेकी छन् ।

रियाले असाध्यै तनाव दिएका कारण सुशान्त रियासँगको आफ्नो सम्बन्धका समाप्त गर्न चाहेको कुरा भावुक भएर अंकितालाई मेसेज गरेको बिहार पुलिसले जनाएको छ ।

भारतीय मिडियामा उल्लेख गरिएअनुसार ‘मणिकर्णिका’ को प्रोमोशनको क्रममा सुशान्तले अंकितालाई शुभकामना दिन मेसेज गरेका थिए ।

उक्त समयमा दुईले च्याटमा धेरैबेर कुरा गरेको र सुशान्तले तनावका कारण रियासँगको आफ्नो सम्बन्धका समाप्त गर्न चाहेको पनि उल्लेख छ ।

यसै आधारमा अब बिहार प्रहरीले आफ्नो छानबिन सुरु गरिरहेको छ ।

jackson ribon