विराटनगरमा थप सात जनामा कोरोना

विराटनगर, १५ साउन । समुदायस्तरमा कोरोना फैलिएको विराटनगरमा थप सातजनामा संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरमा कार्यरत दुई स्वास्थ्यकर्मीसहित विराटनगरभित्र सातजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये विराटनगर– ३ का दुईजना र विराटनगर ११ का एकजना छन् । दुईजनाको विवरण अध्ययन भइरहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलीले जानकारी दिए ।

विराटनगरमा बुधबार पाँचजनामा संक्रमण देखिएको थियो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ९५ पुगेको छ ।

गत बुधबारयता संक्रमितको संख्या बढेपछि आइसोलेशनको अभाव भएको छ ।

आइसोलेशन अभाव भएका कारण पछिल्लो समय संक्रमण पुष्टि भएकाहरू घरमै बसिरहेका छन् ।

Loading...