विराटनगर, १५ साउन । अमेरिकामा कोरोना भाइरसको सक्रमणबाट पहिलोपटक कुकुरको मृत्यु भएको छ ।
अमेरिकामा कोभिड-१९ बाट पहिलोपटक संक्रमण पुष्टि भएको जर्मन शेपर्ड बड्डी नामको कुकुरको ११ जुलाईमा मृत्यु भएको हो ।

सात वर्ष लाग्न आँटेको बड्डीलाई अप्रिलको मध्यतिर सास फेर्न समस्या देखा परेकाे थियो ।
त्यसको ६ हप्तापछि कोभिड-१९ संक्रमण भएको पुष्टि भएसँगै बड्डी अमेरिकाको पहिलो कोरोना भाइरस संक्रमित कुकुर बनेकाे थियो ।
बड्डी सम्भवतः लिम्फोमा नामको एक प्रकारको क्यान्सरसँग जुधिरहेको बताइएको छ ।
बड्डीका मालिक माहोनिजले बड्डीको मृत्यु भएको दिनमात्रै लिम्फोबारे थाहा भएको बताए ।
क्यान्सरका कारण बड्डीलाई कोरोना भाइरसको संक्रमण भएको हो वा भाइरसले बिरामी बनाएको हो अथवा यो एउटा संयोग मात्रै हो भन्ने बारे अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।
यसअघि बड्डीको पहिचान र उनको मृत्युबारे जानकारी जारी गरिएको थिएन ।
बड्डीलाई संक्रण पुष्टि भएको तीन हप्ता अघिदेखि नै महोनीज भाइरसबाट पीडित भएको बताइएको छ ।