गण्डकीमा थपिए ३८ नयाँ संक्रमित

पोखरा, १५ साउन । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पन्ध्र सय नजिक पुगेको छ ।

बिहीबार थप ३८ जना थपिएसँगै गण्डकी प्रदेशमा १४ सय ७९ पुगेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा छ जिल्लाका २ महिलासहित थप ३८ जनामा कोरोना पुष्टि भएको हो ।

कास्कीका १४ जना, स्याङ्जाका ११ जना, बाग्लुङका ६ जना, तनहुँका ३ जना, लमजुङका ३ जना र नवलपरासीका एक जना गरी थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमित व्यक्तिहरूलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १२३० पुगेको छ ।

Loading...