काठमाडौं, १५ साउन । नेपाली बजारमा सुनको मूल्यले बिहीबार पनि नयाँ रेकर्ड कायम गरेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ ।
आज सुनको प्रतितोला मूल्य ९९ हजार रुपैयाँ पुगेको महासंघले जनाएकाे छ ।
बुधबार प्रतितोला ९८ हजार ५०० रुपैयाँ तोकिएको थियो । तर, आज तोलामा ५ सय रुपैयाँ बढेको छ ।
चाँदी तोलाको १२ सय २५ रुपैयाँमा चाँदी कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।
