birat ribon

मोरङका आइसोलेसन भरियो, कोरोना संक्रमित घरमै

Neuro
मोरङका आइसोलेसन भरियो, कोरोना संक्रमित घरमै

विराटनगर, १५ साउन । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगरमा आइसोलेसन बेड अभाव भएको छ ।

Padelux insider
cura insider

प्रदेश सरकारले विराटनगरमा ५० र गोठगाउँमा १२५ बेड क्षमताको आइसोलेसन बनाएको छ । दुईवटै आइसोलेसन केन्द्रको बेड भरिएपछि नयाँ संक्रमितलाई व्यवस्थापन गर्न समस्या भएको हो ।

आइसोलेसन कक्ष प्याक भएका कारण बुधबारसम्म विराटनगरका १५ जना संक्रमित घरमै बस्न बाध्य छन् ।

आइसोलेसन बेड तयार नभएका कारण संक्रमितलाई स्थानान्तरण गर्न समस्या भएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेलले जानकारी दिए ।

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक हैदर अलीले संक्रमितलाई घरमै छाड्दा जोखिम बढेको बताए । ‘१५ जना संक्रमित घरमै हुनुहुन्छ ।’ उनले भने, ‘बेड खाली छैन । घरमै राख्दा संक्रमण फैलने जोखिम हुन्छ ।’

बिहीबार विराटनगरमा थप सातजनामा संक्रमण पुष्टि भएको छ । ती संक्रमित पनि आइसोलेसनमा पुग्न पाएका छैनन् ।

स्थानीय सरकारले आइसोलेसन बनाएको छैन । आइसोलेसन नभएका कारण विराटनगरमा संक्रमण तीव्र्ररुपमा फैलने त्रास बढेको छ ।

‘संक्रमण पुष्टि भएको आधा घण्टामा हामी संक्रमितलाई व्यवस्थापनमा जुट्दै आएका थियौ ।’ जनस्वास्थ्य निरीक्षक अलीले भने, ‘बेड नहुँदा संक्रमितलाई घरमै छोड्नु परेको छ ।’

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बेड अभावका कारण मोरङका केही स्थानका संक्रमितलाई स्थानान्तरण गर्न नसकिएको बताए । उनले बेड थप गर्ने तयारी भएकाले स्थानान्तरण गर्ने तयारी भइरहेको बताए ।

jackson ribon