थप नौ प्रहरीमा कोरोना संक्रमण

काठमाडौ, १५ साउन । प्रहरी प्रधान कार्यालयका थप नौजना प्रहरीमा कारोना भाइरस संक्रमण देखिएको छ ।

टेकु अस्पतालमा हशुक्रबार गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

उनका अनुसार थप नौजनासँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको छ ।

आइतबार प्रहरी प्रधान कार्यालयमा सवारी र सञ्चार शाखामा कार्यरत चार प्रहरीमा संक्रमण देखिएपछि अन्य प्रहरीको पनि स्वाब परीक्षण गरिएको थियो ।

Loading...