birat ribon

हिसानका विद्यार्थीलाई अनलाइन कक्षाका लागि एनसेलको विशेष अफर

Neuro
हिसानका विद्यार्थीलाई अनलाइन कक्षाका लागि एनसेलको विशेष अफर

काठमाडौं, १५ साउन । एनसेलले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का विद्यार्थीलाई अनलाइन कक्षाका लागि विशेष अफर दिने भएको छ ।

Padelux insider
cura insider

अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक–शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरूप एनसेलले विशेष मासिक योजना प्रदान गर्ने भएको हो ।

यो योजनामा भ्वाइस, डेटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवा लिन सकिन्छ ।

यस विषेश योजनाअन्तर्गत विद्यार्थीले मासिक रु २५० (करबाहेक) मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी–फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउँछन् ।

यसैगरी मासिक रु ३५० (करबाहेक) को योजना पनि उपलब्ध छ ।

काेराेना महामारीकाे याे अवस्थामा कनेक्टिभिटी र टेक्नोलोजी प्रयोग गर्दै अबको ‘न्यू नर्मल’ सँग अभ्यस्त हुने अवसर पनि प्रदान गरेको एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले बताए ।

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले यो समझदारीबाट आफूहरू उत्साहित भएको बताए ।

हिसानको सिफारिसपत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिकाहरूले यो सेवा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।

jackson ribon