इटहरी उपमहानगरकाे अत्यावश्यकबाहेकका सेवा बन्द

इटहरी, १५ साउन । इटहरी उपमहानगरपालिकाले उपमहानगर कार्यालय र सबै वडा कार्यालयको काम अत्यावश्कबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीमा हिजो साँझ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए ।

कर्मचारीमा संक्रमण भएपछि उपमहानगरपालिकाको आकस्मिक बैठकले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेकाे हाे ।

बैठकले उपमहानगरपालिका कार्यालय र सबै वडा कार्यालय बन्द गरी कर्मचारी तथा जनप्रतिनिधिको स्वाब परीक्षण गर्ने निर्णय गरेकाे छ ।

बैठकले इटहरीमा लाग्दै आएका सम्पूर्ण हाटबजार, होटल तथा व्यवसाय बन्द गर्नेसमेत निर्णय गरेको छ ।

Loading...