कोशी अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोना, ओपीडी सेवा बन्द

विराटनगर, १५ साउन । विराटनगरको कोशी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ओपीडी (बहिरंग) सेवा बन्द गरिएको छ ।

बिहीबार ओपीडीमा कार्यरत दुई स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि भएपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरेको हो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार ओपीडीमा कार्यरत दुई जना स्टाफमा बिहीबार कोरोना पोजेटिभ देखिएको हाे ।

कन्ट्रयाक ट्रेसिङ गर्न, सेनिटाइज गर्न र अन्य स्वास्थ्यकर्मीको कोरोना जाँच गर्नका लागि ओपीडी सेवा बन्द गरिएको उनले बताए । सेनिटाइज र अन्य स्वास्थ्यकर्मीको नमूना परीक्षणपछि पुनः ओपीडी सुरु गर्ने उनले बताए ।

अस्पताल स्रोतका अनुसार संक्रमित दुईमध्ये एक जना नाक, कान, घाँटी विभागमा कार्यरत र एक जना ओपीडी इञ्चार्ज हुन् ।

Loading...