सन्दीप वेष्ट इन्डिज प्रस्थान

काठमाडौ, १५ साउन । नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज प्रस्थान गरेका छन् ।

आज बिहान १० बजे उनी ट्रिनिडाड एन्ड टोबागोतर्फ प्रस्थान गरेका हुन् ।

कोरियन एयरको चार्टर्ड जहाजमा सन्दीप टोबागो प्रस्थान गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । उनले टोबागो पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।

यसअघि हवाई उडानको यकिन नहुँदा उनी टोबागो जानेबारे अन्योल थियो । सरकार र अन्य विभिन्न निकायबाट सहयोग प्राप्त भएपछि सन्दीप टोबागो जान सहज भएको उनले बताए ।

सिपिएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्नेछ । सन्दीप यस सिजनको सीपप्एलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन् ।

उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (रु एक करोड ५६ लाख) मा अनुबन्ध गरेको हो ।

Loading...