birat ribon

पार्टी विवादलाई लिएर बामदेवलाई आफ्नैबाट दबाब

Neuro
पार्टी विवादलाई लिएर बामदेवलाई आफ्नैबाट दबाब

विराटनगर, १५ साउन । लामो समयदेखि जारी पार्टी भित्रको विवाद समाधानका लागि भन्दै छ बुँदे प्रस्ताव अघि सारेका सत्तारुढ नेकपाका अध्यक्ष बामदेव गौतममाथि दबाब पर्न थालेको छ ।

Padelux insider
cura insider

गौतम निवास भैंसेपाटी पुगेर उनी निकटकै नेताहरुले प्रस्ताव फिर्ता लिन बुधबार साँझबाट दबाब दिन थालेका हुन् ।

यो संसदको कार्यकालभर ओलीलाई प्रधानमन्त्री र महाधिवशेनसम्म अध्यक्ष कायम राख्नुपर्ने भन्दै गौतमले शनिबार गरेको प्रस्तावमा असहमति जनाउँदै प्रस्ताव फिर्ता लिन उनी निकटका नेताहरुले दबाब दिइरहेको स्रोतको भनाइ छ ।

उनी निकटका नेताहरुले ओलीलाई अनआवश्यक काँध हालेको भन्दै त्यसो नगर्न पनि गौतमलाई सुझाव दिएका छन् ।

केन्द्रीय सदस्यहरु ठाकुर गैरे, रामकुरीमा झाँक्री, दीपकप्रकाश भट्टल, रविन कोइराला, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धरलगायतका केन्द्रीय सदस्यहरुले भेटेरै गौतमलाई उक्त प्रस्ताव फिर्ता लिन दबाब दिइरहेका हुन् ।

उक्त प्रस्तावले ओलीलाई थप स्वइच्छाचारी बनाउने भन्दै गौतमको ध्यानाकर्षण गराइएको भट्टाले बताए ।

शक्ति सन्तुलनमा जहिले पनि ढुलमुले व्यवाहार देखाउने गरेको भन्दै गौतमलाई सच्चिन पनि पार्टीका केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन् ।

नेता गौतमले भने आफूले पार्टी विभाजन रोक्ने उद्देश्यका साथ प्रस्ताव ल्याएकाले त्यसबाट पछि हट्न उपयुक्त नहुने जवाफ दिएको बताइएको छ ।

ओलीलाई जहिले पनि साथ दिँदा पनि उनीबाट धोका मात्रै भएको तर पनि एकता जोगाउनु पर्ने बाध्यता रहेको गौतमले उल्लेख गरेको एक नेताले बताए ।

नेकपाभित्रको विवाद बढ्दै जाँदा स्थायी समितिम अनिश्चित बनेपछि बुधबार नै १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठक माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

jackson ribon