birat ribon

जर्मनीबाट आफ्ना १२ हजार शैनिक फिर्ता गर्दै अमेरिका

Neuro
जर्मनीबाट आफ्ना १२ हजार शैनिक फिर्ता गर्दै अमेरिका

विराटनगर, १५ साउन । जर्मनीबाट आफ्ना १२ हजार शैनिक फिर्ता लैजाने प्रक्रिया अमेरिकाले सुरु गरेको छ ।

Padelux insider
cura insider

युरोपमा आफ्ना सैनिकको तैनाथीमा ‘रणनीतिक’ परिवर्तन तथा तैनाथी परिवर्तनमा लागेको अमेरिकाले जर्मनीबाट १२ हजार शैनिक फिर्ता लैजान लागेको हो ।

अमेरिकाले जमनीबाट फिर्ता बोलाइने मध्ये छ हजार चार सयलाई मुलुकमै लैजाने र बाँकीलाई इटाली तथा बेल्जियमसहितका मुलुकमा तैथान गर्ने तयारी गरेको हो ।

जर्मनीले नेटोमा खर्चका लागि गर्नु पर्ने सहयोगको तह पूरा गर्न नसकेपछि आफ्ना शैनिक फिर्ता लैजाने अप्रिय निर्णय गर्नु परेको प्रष्टिकरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।

तर विपक्षीले ट्रम्पको निर्णयको विरोध गरेका छन् ।

जर्मनीबाट सैनिक हटाउँदा अमेरिकाको हितमा नहुने र रुसलाई प्रोत्साहन मिल्ने विपक्षीको दाबी छ ।

जर्मनीले अमेरिकी शैनिक फिर्ता हुने सवालमा चासो व्यक्त गरेको छ ।

ट्रम्पले लामो समयदेखि नेटोका युरोपियन सदस्य राष्ट्रले आफ्नो सुरक्षा खर्च आफै बेहोर्नु पर्ने बताउँदै आएका छन् ।

नेटो राष्ट्रहरु अमेरिकी सैनिकका भर पर्न नहुने उनले बताउने गरेका छन् ।

jackson ribon