birat ribon

ढुंगाले लागेर घर भत्किँदा दुई बालबालिकाको मृत्यु

Neuro
ढुंगाले लागेर घर भत्किँदा दुई बालबालिकाको मृत्यु

विराटनगर, १५ साउन । माथिबाट खसेको ढुंगाले लागेर घर भत्किँदा कालिकोटको महावै गाउँपालिका वडा न ७ कोडबाडामा दुई बालबालिकाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

चार जना बालबालिका घाइते भएका छन् ।

तुल महतको घर बुधबार बेलुका माथिबाट खसेको ढुंगाले भत्किएको थियो ।

कालिकोट प्रहरीका सूचना अधिकारी यक्षराज जोशीका अनुसार ढुंगाले लागेपछि भत्किएको घरले पुरेर स्थानीय टेकबहादुर भण्डारीकी ४ वर्षीया छोरी संगीता भण्डारी र सुर्ज महत्तराकी १२ वर्षीया छोरो गणेश महत्तराको मृत्यु भएको हो ।

पानी परिरहेको अवस्थामा स्थानीय ६ जना बालबालिका तुल महत्तराको घरमा खेलिरहेका बेला घटना भएको प्रहरीले जनाएको छ ।

जोशीकाअनुसार घाइते भएका चार जनाको कालिकोट अस्पतालमा उपचार भइरेको छ ।

jackson ribon