birat ribon

भारत सरकारलाई नेपालको जवाफ, आफ्नै भूमिमा हिँड्न किन अनुमति लिनुपर्यो ?

Neuro
भारत सरकारलाई नेपालको जवाफ, आफ्नै भूमिमा हिँड्न किन अनुमति लिनुपर्यो ?

विराटनगर, १५ साउन । गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश गर्न दिनुहुँदैन भन्ने भारतको पत्रप्रति स्थानीय प्रशासनले कडा आपत्ति जनाउँदै जवाफ फर्काएको छ ।

Padelux insider
cura insider

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र लेख्दै आफ्नो भूमिमा जान भारतको अनुमति आवश्यक नरहने र आफ्नो भूमिमा हिँड्न अनावश्यक रोकटोक हुन नहुने जवाफ फर्काएको हो ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरद्वारा हस्ताक्षरित पत्र बुधबार भारतीय पक्षलाई पठाइएको हो ।

सो पत्रमा भारतको दाबी अनुचित भन्दै लिम्पियाधुरा, कुटी, नावी, गुन्जी र कालापानी क्षेत्र नेपालकै भएकाले नेपालीले त्यहाँ जानका लागि कसैको अनुमति नचाहिने उल्लेख छ ।

कालापानी, लिपुलेक, लिम्पियाधुरा, कुटी, गुन्जी, नावीलगायतका क्षेत्र ऐतिहासिक तथ्यका आधारमा नेपालकै हो ।

आफ्नो क्षेत्रमा नेपालीले आवागमन गर्नु स्वाभाविक नै रहेको भनी भारतीय पक्षलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

‘नेपाल ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच सन् १८१६ मा भएको सुगौली सन्धिको धारा ५ अनुसार त्यो भूगोल नेपालकै रहेको छ । त्यस सम्बन्धमा समय समयमा प्रकाशित नक्सा, ऐतिहासिक तथ्य र प्रमाणअनुसार महाकाली नदी र सो पूर्वका लिम्पियाधुरा, कुटी, नावी, गुन्जी, कालापनी, लिपुलेकलगायतका क्षेत्र नेपालको रहेको प्रस्ट नै छ,’ दार्चुला प्रशासनले भारतीय प्रशासनलाई लेखेको पत्रमा भनिएको छ ।

‘ती नेपाली भूभागमा नेपालीहरूको आवतजावत स्वाभाविकै रहेको र त्यसमा कहीँ कतैबाट बाधा अड्चन हुनुहुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी आदेशअनुसार गराउन चाहन्छौं,’ पत्रमा उल्लेख छ ।

उतराखण्ड राज्यअन्तर्गत सीमावर्ती धार्चुला प्रशासनले १४ जुलाई अर्था्त ३० असारमा दार्चुला प्रशासनलाई पत्र लेख्दै गुन्जी, कालापानी र लिम्पियाधुरासम्मको जमिन भारतको भएको दाबी गर्दैै नेपालीहरूको सम्भावित घुसपैठबारे सूचना दिन आग्रह गरेको थियो ।

धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले अवैध रूपमा सीमा पार गरेर भारतमा प्रवेश गरेकाहरूको सम्बन्धका विषयमा लेखेको चिठीमा कालापानीदेखि नेपालको नयाँ नक्सामा उल्लिखित सबै भूभाग दाबी गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ

jackson ribon