birat ribon

खीर खाएर मनाइन्छ साउन १५

Neuro
खीर खाएर मनाइन्छ साउन १५

विराटनगर, १५ साउन । घरघरमा खीर खाएर आज (बिहीबार) साउन १५ मनाइँदैछ ।

Padelux insider
cura insider

विशेष सांस्कृतिक महत्व बोकेको यस दिनलाई सबैको प्रिय भोजन मानिने खीरले स्वागत गर्ने चलन छ ।

असार १५ मा दही चिउराको स्वाद लिए जस्तै त्यसको ठीक एक महिनापछि साउन १५ मा खीरको स्वाद लिइन्छ ।

खीर खाने चलन पुरानो संस्कार पनि हो ।

मानिसमा रोगसँग लड्ने क्षमता बढाउने हुँदा कोरोना भाइरस (कोभिड–१९)को विरुद्ध शरीरलाई तन्दुरुस्त राख्न खीर उपयोगी हुने बागमती अञ्चल आयुर्वेद औषधालयकी चिकित्सक डा. अञ्जुु कार्कीको भनाइ छ ।

गोठ धुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा सांस्कृतिक रूपमा पनि यसलाई पवित्र भोजन मानिन्छ ।

डा. कार्कीका अनुसार आयुर्वेद शास्त्रमा खीरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुण भएको र स्वास्थ्यक लागि निक्कै लाभदायक मानिन्छ ।

चामल, दूध, छोकडा, चिनी हालेर बनाइने खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर राख्ने गरिन्छ ।

ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वास ठीक गर्छ ।

दालचिनीले फोक्सो सुनिन नदिने तथा पेटमा वायु फुलाउँदैन भने नरिवल वीर्यवद्र्धक, बलकारक, अम्लपित्तनाशक र हृदयलाई हितकारी मानिन्छ ।

खीरमा प्रयोग हुने वस्तुहरूमा रोगसँग लड्ने गुण हुने चिकित्सकको भनाइ छ ।

खीरले कफ, पित्त, वायुलाई सन्तुलनमा राख्छ भने शरीर, मनमस्तिस्क सफा गरी शान्त राख्छ ।

वर्षाको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउन खीर उत्तम भोजन हो ।

लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ ।

कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्पराको विकास भएको भए पनि स्वास्थ्यका हिसाबले समेत उत्तम रहेको संस्कृतिविद् डा. सत्यमोहन जोशी बताउँछन् ।

हिन्दु धर्मावलम्बीका लागि साउन शिवपूजन महिना भएकाले कतिपयले एक महिनासम्म माछा–मासु नखाने चलन छ ।

ग्यासमा भन्दा दाउरामा पकाएको खीर स्वादिष्ट हुन्छ ।

jackson ribon