birat ribon

अदालत प्रवेश गर्नेको अभिलेख राखिने

Neuro
अदालत प्रवेश गर्नेको अभिलेख राखिने

विराटनगर, १५ साउन । विशेष अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्न नयाँ कार्ययोजना जारी गरेको छ ।

Padelux insider
cura insider

अदालतले सर्वोच्चको पूर्ण इजलासबाट यसअघि जारी फैसला अनुसार, न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राहीले पालना गर्नुपर्ने नियम समेटेर कार्ययोजना जारी गरिएको हो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले सर्वोच्चको फैसला अनुसार कोरोना जोखिम न्यूनीकरणका लागि आन्तरिक कार्ययोजना बनाइएको बताए ।

पाण्डेयका अनुसार अदालतले कोरोना जोखिम न्यूनीकरणका लागि न्यायाधीश, कानुन व्यवसायी, कर्मचारी र सेवाग्राहीको ज्वरो मापन अनिवार्य गरेको छ ।

अदालत प्रवेश गर्ने सबैको अभिलेख राख्ने कार्ययोजनामा उल्लेख छ ।

अदालत प्रवेश गर्ने सबैलाई मास्क अनिवार्य गरिएको छ ।

स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गराउने जिम्मेवारी सुरक्षाकर्मीलाई तोकिएको छ ।

आगन्तुकको अभिलेखको जिम्मेवारी अदालत प्रशासनको समन्वयमा सुरक्षाकर्मीले नै गर्नेछन् ।

मुद्दा दर्ताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पेस गर्ने प्रतिवादीलाई आलोपालो र आवश्यकता अनुसार दायरी कक्षमा पेस गर्ने व्यवस्था मिलाउने कार्ययोजनामा उल्लेख छ ।

कानुन व्यवसायीलाई समेत आलोपालो गरेर बहसमा उपस्थित हुने व्यवस्था मिलाउने गरी कार्ययोजना बनाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon