लाजियोको सहज जित, इम्मोबाइल सर्वाधिक गोलकर्ता

एजेन्सी, १५ साउन । इटालियन सिरी ‘ए’ मा लाजियोले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा लाजियोले ब्रेसियामाथि २–० गोलको जित दर्ता गरेको हो ।

आफ्नै मैदानमा भएको खेलमा लाजियोलाई जिताउन जोआक्वीन कोरेर्रा र किरो इम्मोबाइलले समान एक–एक गोल गरे ।

खेलको १७औं मिनेटमा कोरेर्राले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाए । यस्तै खेलको ८२औं मिनेटमा इम्मोबाइलले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गराए ।

यससँगै इम्मोबाइलले लिगमा ३६ खेलबाट ३५ गोल गरे । उनले यस सिजन युरोपियन शीर्ष पाँच लिगमा सबैभन्दा धेरै गोल गरेका छन् ।

अब लिगमा एक चरणकाे खेल बाँकी छ ।

यस्तै जितसँगै चौथो स्थानको लाजियोले ७८ अंक जोड्यो । पराजित ब्रेसिया भने २४ अंकका साथ १९औं स्थानमा छ ।

Loading...