अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रदेश प्रमुखको अपिल

विराटनगर, १४ साउन । १ नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले कोरोना महामारीको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गरेका छन् ।

समुदायस्तरमा संक्रमण फैलिएपछि विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख अधिकारीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गरेका हुन ।

आफू बाँच्ने र अरुलाई बचाउँने कार्यमा लाग्न अनुरोध गर्दै प्यासीले कोरोना विरुद्धको फ्रन्टाइनमा खटिने निकायलाई धन्यवाद ज्ञापन गरेका छन् ।

अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘ सामाजिक दुरी र भौतिक दुरी कायम गरी दैनिक सरसफाईमा ध्यान पूर्याउन सके विपत्तिबाट आफू बाँच्ने र अरुलाई पनि बचाउँन सकिने भएकाले सरकारी निकायले जारी गरेको निर्देशन पालन गर्दै जीविकोपार्जनको कार्यलाई नियमित गर्न आग्रह गर्दछु ।’

प्रदेश प्रमुख अधिकारी प्यासीले जीवन रक्षाका लागि चाहिने, खाद्यान्य, स्वास्थ्य सामाग्री र विपद् व्यवस्थापनमा सबैलाई ध्यान पुर्याउन आग्रह गरेका छन् ।

Loading...