विराटनगरमा अनलाइन सपिङका लागि ‘ग्रेटडिल्स ९९’ सञ्चालनमा

विराटनगर, १४ साउन । विराटनगरमा अनलाइन सपिङका लागि ‘ग्रेटडिल्स ९९’ सञ्चालनमा आएको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी नयाँ अनलाइन सपिङ सञ्चालनमा आएको हो ।

पहिलो चरणमा पाँचसय बढी स्वदेशी तथा विदेशी उत्पादन अनलाइन स्टलमा राखिएको छ ।

कोरोना महामारीका कारण घरबाहिर गएर सामान खरिद गर्नु जोखिमपूर्ण भएकाले घरमै सामान डेलिभरी सुविधासहित ग्रेटडिल्स ९९ डटकम सञ्चालन गरिएको कम्पनीका प्रबन्ध निर्देशक प्रशान्त ठाकुरले बताए ।

ग्रेटडिल्स मार्फत १ हजारभन्दा माथिको कुनै पनि उत्पादन खरिद गर्दा डेलिभरी शुल्क नलाग्ने उनले बताए । एक हजार भन्दा बढीको सामाग्री विक्री हुँदा १ रुपैयाँ गरिब बालबालिका तथा वृद्धवृद्धाका लागी सहयोगार्थ प्रदान गरिने ठाकुरले बताए ।

पहिलो चरणमा विराटनगर र विस्तारै प्रदेश १ का सहरहरुमा डेलिभरी सुविधा सञ्चालन गरिने उनले बताए । अनलाइन मार्फत गरिद गर्दा बजारको भन्दा सस्तोमा सामाग्री पाइने उनले बताए ।

Loading...