कम्युनिटी शिल्डको उपाधि भिडन्त अगस्ट २९ मा हुने

एजेन्सी, १४ साउन । प्रिमियर लिग च्याम्पियन र एफए कपको विजेताबीच हुने एफए कम्युनिटी शिल्ड फुटबलको फाइनल खेलको मिति पक्का भएको छ ।

इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले २९ अगस्टमा कम्युनिटी शिल्डको फाइनल खेल हुने जनाएको छ । उपाधि भिडन्त आर्सनलको मैदान वेम्बली स्टेडियममा हुनेछ ।

फाइनलमा प्रिमियर लिग च्याम्पियन लिभरपुलले एफए कप विजेता टोलीसँग खेल्नेछ । एफए कपको फाइनलमा चेल्सी र आर्सनलले खेल्नेछन् ।

१ अगस्टमा हुने एफए कपको फाइनल खेल पनि वेम्बली स्टेडियममै हुनेछ ।

यसअघि म्यानचेस्टर सिटीले कम्युनिटी शिल्डकाे उपाधि जितेकाे थियो ।

Loading...