जनकपुरधाम, १४ साउन । प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्टोर किपर, सवारी चालक र कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको हो ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले मन्त्रालयका २२ जनाको स्वाब संकलन गरिएकोमा तीजनामा संक्रमण भेटिएको बताए । झाका अनुसार संक्रमित तीनै जनालाई आइसोलेसनमा पठाइसकिएको र पोजेटिभ व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ ।