‘इटालीका कुनै पनि क्लबसँग मेस्सी भित्र्याउने क्षमता छैन’

एजेन्सी, १४ साउन । इटालियन क्लब इन्टर मिलानका ग्यूसिप्पे मारोट्टाले इटालीका कुनै पनि टिमसँग लियोनल मेस्सी अनुबन्ध गर्ने क्षमता नभएको बताएका छन् ।

केही समय अघिबाट सिरी ‘ए’ क्लबले बार्सिलोनाका कप्तान मेस्सीलाई अनुबन्ध गर्न चाहेको चर्चा छ । मेस्सी र बार्सिलोनाबीचको सम्झौता अन्तिम वर्षमा चलिरहेको छ ।

तर, बार्सिलोनाले भने सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सीलाई पूरा जीवन क्याप नोउमा बसाउने इच्छा राखेको बताइएको छ ।

‘हामी मेस्सीका बारे चर्चा गरिरहेका छौं, उनी महान् खेलाडी हुन् । उनलाई भित्र्याउने सबैको चाहना हुन्छ । उनी इन्टरमा भएमा धेरै राम्रो हुनेछ । यो फुटबल हो, जस्तो अवस्था पनि आउन सक्छ,’ उनले भने ।

‘इटालीका कुनै पनि क्लबसँग मेस्सी भित्र्याउने क्षमता छैन’, उनले थपे ।

Loading...